spot_img

मनिहर्वामा महिला सामुदायिक भवन निर्माण सुरु, वडाध्यक्ष मुखियाद्वारा शिलान्यास

spot_img
spot_img

बीरगन्ज,२७ चैत  । पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वामा महिला सामुदायिक भवन निर्माण कार्य सुरु गरिएको छ। शुक्रबार वडाध्यक्ष विपिन मुखियाले पूजा–पाठ गर्दै भवनको शिलान्यास गरेका हुन्।

चालु आर्थिक वर्षको वडा कार्यालयको ५ लाख रुपैयाँ बजेटबाट निर्माण हुन लागेको उक्त भवनले स्थानीय महिलाहरूका लागि महत्वपूर्ण सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष मुखियाले महिलाहरूको आवश्यकता र मागलाई ध्यानमा राख्दै भवन निर्माण अघि बढाइएको बताए। “बैंक मिटिङ, सभा–समारोह, सीपमूलक तालिम लगायतका गतिविधिका लागि महिलाहरूले आफ्नै सुरक्षित स्थानको अभाव झेल्दै आउनुभएको थियो,” उनले भने, “स्थानीय आमा–दिदीबहिनीहरूको आवश्यकतालाई सम्बोधन गर्न यो पहल गरिएको हो।”

उनले विकासलाई भौतिक संरचनामात्र नभई जनजीवनमा सुधार ल्याउने माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै वडामा माग भएका योजनाहरू पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।

स्थानीय महिलाहरूले पनि भवन निर्माण सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। स्थानीय बासिन्दा आशा देवीले भवन निर्माणपछि विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने बताइन्।

शिलान्यास कार्यक्रममा वडा सदस्य, स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय