spot_img

नीतिगत र संस्थागत कब्जा अन्त्यमा सरकार कठोर बन्छ : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडौं,२२ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले ले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ बढी कठोर बन्ने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार सुशासन कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार कुशासन अन्त्य गर्न नीतिगत र संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको छ।

अर्थमन्त्री वाग्लेले सरकार कुशासनबाट आजित नागरिक, उद्यमी र व्यवसायीको जनादेशका आधारमा बनेको दाबी गर्दै सुशासनलाई मुख्य एजेन्डा बनाइएको बताए। उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली विस्तार गर्ने काम अघि बढाइएको जानकारी दिए।

उनका अनुसार नीतिगत कब्जा, संस्थागत कब्जा र मेरिटोक्रेसी कमजोर पार्ने प्रवृत्तिको अन्त्य गर्न सरकार म्याक्रो र माइक्रो दुवै तहमा सुधारका कदम चालिरहेको छ।

अर्थमन्त्री वाग्लेले गरिबी न्यूनीकरणका लागि परम्परागत अभ्यासभन्दा दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरे। उनले सम्मानजनक रोजगारी सिर्जना नै गरिबी घटाउने मुख्य उपाय भएको बताए।

मध्यम वर्गको आर्थिक सुरक्षा र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए। विगतमा गरिबीका नाममा धेरै चर्चा भए पनि वास्तविक जीवनस्तर सुधारमा पर्याप्त ध्यान नदिइएको उनको टिप्पणी थियो।

कर नीतिबारे बोल्दै उनले १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने व्यवस्था र उच्च आयकर दर घटाउने निर्णयले लगानीमैत्री वातावरण बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार आयकरबाट हुने राजस्व कमीलाई उपभोगमा आधारित कर प्रणालीमार्फत सन्तुलन गर्ने सरकारको रणनीति रहेको छ। सानो–सानो दरमा व्यापक उपभोगबाट राजस्व संकलन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य लिइएको उनले स्पष्ट पारे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय