spot_img

वायुसेवा निगम सञ्चालक समिति सदस्य छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश

spot_img
spot_img

काठमाडौं,२२ जेठ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय तथा नेपाल वायुसेवा निगमद्वारा गठन गरिएको छनोट समितिलाई कुनै पनि थप प्रक्रिया अघि नबढाउन आदेश दिएको हो।

उक्त मुद्दा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा आफू अन्यायमा परेको दाबी गर्दै उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइपछि आएको हो। उनले सूचीमा नाम परे पनि अन्तिम छनोटमा समावेश नभएको भन्दै सर्वोच्चमा न्याय माग गरेका थिए।

सरकारले आवेदन आह्वान गरी प्रतिस्पर्धामार्फत नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य तथा अध्यक्ष चयन गर्ने तयारी गरिरहेको अवस्थामा सर्वोच्चको यो आदेश आएको हो। यससँगै छनोट प्रक्रिया हालका लागि स्थगित भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय