spot_img

लामो बिदामा रहेका कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

spot_img
spot_img

काठमाडौं,२२ जेठ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि बिदामा रहेका तथा सम्पर्कबिहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान गरेको छ। तोकिएको समयभित्र सम्पर्कमा नआए कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

मन्त्रालयले आज जारी गरेको सूचनामा अध्ययन बिदा तथा असाधारण बिदामा रहेका कर्मचारीको अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएको पाइएकाले तत्काल विवरण मिलाउन निर्देशन दिएको छ।

साथै, विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय निकायहरूलाई आफ्नो मातहतमा अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण, बिदा अवधि सकिएपछि हाजिर भए/नभएको स्थिति तथा अन्य विवरण यकिन गरी किताबखानासँग समन्वय गर्न आग्रह गरिएको छ।

मन्त्रालयले तीन दिनभित्र अभिलेख अद्यावधिक नगर्ने कर्मचारी तथा सम्बन्धित निकायमाथि आवश्यक प्रशासनिक कारबाही अघि बढाइने स्पष्ट पारेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय