जनकपुरधाम: तिनै तहको सरकार कोरोना नियन्त्रण, व्यवस्थापन र जनतालाई राहत दिन नसकेर व्यापक भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकार विरुद्व जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् ।
८० दिनको लकडाउन गरेर सदुपयोग गर्न नसकेको, पिसिआर परिक्षण गर्न नसकेको स्वास्थ्य जस्तो अति संवेदनशिल विषयमा समेत व्यापक भ्रष्टारचार गरेको आरोप लगाउदै विभिन्न राजनतिकिदल, संघ संगठनमा आवद्व युवाहरु समाजिक दुरी कायम गर्दै विरोध प्रदर्शन गरेका छन् ।
उनीहरु सरकार सुविधा दिनुपर्नेमा उल्टै भ्रष्टाचार र कमाइ गर्न लागि परेको आरोप लगाएका छन् । प्रदर्शन को अगुवाई गरेका युवा अगुवा मनिष झा, तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह र धनुषा चेम्वर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले लकडाउन गरेर अर्थ व्यवस्था धरासय भएपनि लकडाउन सदुपयोग नभएपछि व्यर्थ सावित भएको बताए ।
सरकारले कोभिड-१९ महामारीविरुद्ध १० अर्ब खर्च भएको बताएको छ। तर, क्वारेन्टाइन व्यवस्थित हुन सकेको छैन।परीक्षणको दायरा कम छ। क्वारेन्टाइनमै मृत्यु हुनेको संख्या बढ्दो छ।
त्यस्तै ८० औं दिनसम्मको लकडाउनले निम्नमध्यम र मध्यमवर्गको आयस्रोत ठप्प भएको छ। यी सबै आक्रोश प्रदर्शनमा पोखिएको हो।
उनीहरु सरकारको विभिन्न कमिकमजोरी तथा बेतिथी उल्लेखित प्ले कार्ड बोकेर जनकचौकमा प्रदर्शन गरेका हुन ।
याे पनि पढ्नुहाेस् :




