Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025
Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

निर्वाचन सफल पार्न सबै...

काठमाडौं,०६ कात्तिक । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले...

कलैयामा सडक निर्माणका मागसहित...

बारा,०६ कात्तिक ।  बाराका युवाहरूले सदरमुकाम कलैयाको जीर्ण सडक मर्मत तथा पुनर्निर्माणको माग...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं,०६ कात्तिक । काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको...

ललितपुरमा पेस्तोल र नगदसहित...

ललितपुर,०६ कात्तिक ।  ललितपुर प्रहरीले धापाखेलबाट एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ।...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
29.4 C
Birgunj
spot_img

जेनजी आन्दोलनले सत्य र न्यायको नयाँ युगको सुरुवात गर्‍यो : प्रभु साह

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०६ कात्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनलाई नेपालमा सत्य र न्यायको नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरेका छन्।

रौतहटको कटहरिया नगरपालिका–५ मा बिहीबार आयोजित तिहार, दीपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, “राणा विरोधी आन्दोलन, माओवादी जनआन्दोलन र मधेस आन्दोलनपछि जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ।”

साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई “इतिहासकै ठूलो गल्ती” भन्दै ओलीलाई “हत्यारा र भ्रष्टाचारको प्रतीक”का रूपमा चित्रण गरे। उनका अनुसार, “यो आन्दोलन दलतन्त्र र लुटतन्त्र अन्त्य गर्ने अभियान हो, देश अब युवाको नेतृत्वमा नयाँ दिशातर्फ अघि बढ्नेछ।”

- Advertisement -

तीन वर्षअघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएको स्मरण गर्दै साहले जनताको विश्वास नै आफ्नो शक्ति भएको बताए। उनका शब्दमा, “तीन वर्षदेखि सदनदेखि सडकसम्म जनताको हकहितमा लड्दै आएको छु—भन्सार, वैदेशिक रोजगार, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा निरन्तर आवाज उठाइरहेको छु। षड्यन्त्र अझै जारी छ, तर सत्य अन्ततः जित्नेछ।”

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Leave a Reply

ताजा समाचार

थप समाचार